Saturday, January 7, 2012

प्रधानमन्त्रिले गर्नुभयो दरौदि पुलको उद्घाटन, पश्चिमि गोरखाका गाउँ गाउँमा खुसिको वर्षा

गोरखा, प्रधानमन्त्रि डा बावुराम भट्टराईले शुक्रबार दिउँसो छेपेटारमा दरौदि नदि माथि बनेको गोरखा सदरमुकाम र पश्चिमि गोरखालाई जोड्ने मोटरेवल पुलको उद्घाटन गर्नु भएको छ । पुलको उद्घाटन सँगै सवारि साधन आवत जावतका लागी शुक्रबारबाटै खुला गरिएको छ । २०६५ जेठबाट शुरु भएको पुल निमार्ण कार्य गत हप्ता पुरा भएको हो ।
८७ मिटर लामो उक्त पुलको उट्घाटन गर्ने क्रममा प्रधानमन्त्रिले पहिले रिवन काटेर आफ्नो मुस्ताङ म्याक्स गाडिमा ओहोर दोहोर गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा खुलियालि साटासाट गर्न गाउँ गाउँबाट सयौ सर्वसाधारण छेपेटार पुगेका थिए । पुल निमार्ण कार्य करिब ५ करोड रुपैयाँमा सम्पन्न भएको निमार्ण कार्यमा संलग्न प्राविधिकहरुले बताएका छन् । यो पुलको निमार्ण कार्य पुरा भएर संचालनमा आउन थाले पछि गोरखा जिल्लाको २ न क्षेत्रका बासिन्दा खासगरि दरौदि पारि र उत्तरी गोरखा वारपाक लाप्राक गुम्दाका लगायतका केहि गाविसका बासिन्दाहरुमा खुसि छाएको समाचार प्राप्त भएको छ । सधै भरि दरौदि नदि तारेर यातायात सेवा दिदै आएका यातायात व्यवसायिहरु खर्च र समय दुबैको बचत हुने भए पछि झनै दङग छन् ।यस अघि पल अभावका कारण हिउँदका महिनामा मात्र यातायात संचालन हुदै आएका पश्चिमि गोरखाका ग्राभेल सडक पहुँच भएका गाउँहरुमा अब भने बाह्रै महिना यातायातका साधनहरु पुग्न सक्ने भएका छन् ।

file photo
http://ourharmi.blogspot.com/2011/11/blog-post_783.html
http://ourharmi.blogspot.com/2011/06/blog-post_6214.html
http://ourharmi.blogspot.com/2011/02/blog-post_6871.html

1 comment:

  1. यसरी नै गाउँको बिकास अनि समुन्नत को ताजा खबर सुन्न र पढ्न पाइरहोस हाम्रो आशा अनि तपाईं हरुको लागि प्रगतिको कामना हामी पदेसीको

    ReplyDelete