हर्मी ,जेठ
विगतमा छुट्टा छुट्टै समूहमा गरिदै आएको ढकालहरुले कुल पुजा गत वर्षबाट एकै ठाउँमा गर्न थालिए पछि कुल पुजा कार्यक्रम झन् झन् ब्यापक हुदै गएको छ । यसपालि पनि जेठ ३ गते पनि हर्मी भन्ज्याङमा बृहतरुपमा कुल पुजा गरिएको छ । एकै ठाउँमा पुजा गर्न शुरु गरिए यताकेा यो तेस्रो कुल पुजा समारोह हो । स्मरण रहोस वर्षको दुइ पटक मंसिर पूर्णिमा र बैसाख पूर्णिमामा ढकालहरुको कुल पूजा हुने गर्छ ।
यस पटकको पुजामा पनि अघिल्ला पुजाहरुमा जस्तै सयौ मानिसको सहभागीता थियो । गत वर्ष बाट शुरुभएको पूजा गर्ने मण्डप बनाउने काम यसै पटक पुरा भए पछि पुजामा थप रौनक थपिएको थियो । यसपालिको पूजामा करिब ५ सय ढकाल बन्धु र इष्टमित्रको सहभागिता रहेको ढकाल सेवा समाजले जनाएको छ ।
कुल पुजामा जम्मा डेढ सय घर धुरि ढकालहरुले सहभागीता जनाएका थिए । तर केहि ढकाल बन्धुहरुको भने सुन्केरो र सुतकका कारण सहभागीता रहन सकेन । नाच गान र भजन कृतनले पुजा समारोहलाई थप रोचक र आकर्षक बनाएको थियो । पुजाकै अवसरमा ८० वर्ष पार गरेका हर्मीका स्थानिय बृद्धहरु नदनाथ ढकाल (जिम्मल बाइलोबा) र ऋषिराम ढकाल (बाझाघर सानोबा)लाई खादा ओडाएर अभिनन्दन गरिएको थियो ।
पूजा कार्यक्रमका दृष्यहरु
सम्मानित बाहरु
फोटो सौजन्य :जनार्दन ढकाल
No comments:
Post a Comment