हर्मी ,जेठ
हर्मीमा दुग्ध चिस्यान केन्द्र स्थापनाका लागी केन्द्रिय दुग्ध उत्पादक सहकारी संघले चिलिङ मेसिन प्रदान गरेको छ । गत महिना मात्रै सो मेसिन हर्मी ल्याइ पुर्याइएको हर्मी दुग्ध उत्पादन सहकारी सस्थाले जनाएको छ ।
संघले प्रदान गरेको मेसिन करिब ७ लाख मूल्य बराबरको रहेको जनाइएको छ । हाललाई मेसिन फिट नगरिकनै त्यसै राखिए पनि निकट भविषयमै आफूहरु चिस्यान केन्द्र स्थापनामा लाग्ने हर्मी दग्ध उत्पादन सहकारी सस्थाका पदाधिकारीहरु बताउँछन् ।
यसै शिलशिलामा सिकोडर नेपालको सहयोगमा गत जेठ १ र २ गते हर्मीमा ब्यवस्थित पशुपालन सम्बन्धि तालिम सम्पन्न भएको छ । हर्मी , आँपपिपल , छोप्राक र थालाजुङ्गका ४० कृषकहरु तालिममा सहभागि थिए ।
No comments:
Post a Comment