देशका अन्य भागम झै यस वर्षको एसएलसि परिक्षा महेन्द्र लीला उच्च मावि केन्द्र हर्मीमा पनि विहिबार देखि शुरु भएको छ ।
महेन्द्र लीला परिक्षा केन्द्रमा हर्मीको सोहि महेन्द्र लीला उच्च मावि ,चम्पावति मावि, छोप्राकका मण्डली उच्च मावि र चित्रे पोखरी मावि थालजुङका आहाल भन्ज्याङ मावि र झिम्रेक महिपते मावि र आँपपिपलको जनता उच्च मावि गरि गरि ७ विद्यालयका २३३ विद्यार्थी परिक्षामा सरिक छन् ।
गत वर्षको एसएलसि परिक्षामा गोरखा जिल्लाबाट सरिक हुनेको सख्या ४ हजार ४७ जना रहेकोमा यस पालि भने ४ हजार १ सय रहेको छ । जिल्ला शिक्षा कार्यालाय गोरखाले जिल्ला भर २१ परिक्षा केन्द्र कायम गरेको छ ।
हर्मीको मेहेन्द्र लीला परिक्षा केन्द्र प्रमुखमा यस वर्ष रघु नाथ अधिकारी खटिएका छन् । परिक्षा केन्द्र कायम भए पछि हर्मी भन्ज्याङ र नवलपुर वरपर निकै चहल पहल बढेको हर्मीबाट नरेन्द्र निमेषले पठाएको खबरमा उल्लेख छ ।
No comments:
Post a Comment