हर्मी पौष ७
विगतमा हर्मीमै रहे पनि बिचमा राजनैतिक उथलपुथलका कारण ठाउँ सर्दै जाँदा पछिल्लो पटक आँपपिपलमा रहेको इलाका प्रहरि कार्यालय हर्मीृको कार्यालय पुन हर्मी भन्ज्याङमै सरेको छ ।
यस अघि घिमिेरे गाउँ, हर्मी भन्ज्याङ ,पिपल थोक, करेली थुम्का ,हर्मी कोट हुदै पछिल्लो पटक प्रहरि कार्यालय आँपपिपल भन्ज्याङमा रहेको थियो । आँपपिपलबाट इलाका प्रहरी गष्त हप्ता मात्त हर्मीमा सरेको हो । हर्मीमा रहेको प्रहरी कार्यालयले आँपपिपल हर्मी र थालाजुङ गरि तीन गाविस हेर्ने सहायक प्रहरि निरिक्षक चन्द्रकान्त ढकालले आवर हर्मीलाई जानकारी दिनु भएको छ । विगतमा हर्मी भन्ज्याङ आसपासमा प्रहरीले खरिद गरेका दुई वटा घडेरीहरु छन् तर रकम अभावका कारण भवन बनाउन नसकेर प्रहरी अहिले भाडामा बसिरहेको छ । इलाका प्रहरी कार्यालय हर्मीमा हाल ढेड लर्जन बढि प्रहरीको दरबन्दि छ ।
No comments:
Post a Comment