Monday, November 2, 2009

"गामका कुरा " बिद्द्वानहरुका इ -छलफल र वास्तविकता


डिल्ली राम ढकाल,
सिड्नी अष्ट्रेलिया

यती बेला मेरो गाऊंका अग्रज बिद्द्वानहरु इ -छलफल माँ ब्यस्त हुनुहुन्छ/ हर्मि भंज्यांगको बिज्ञान प्रा.बि ले छलफलको आगान दिएको थियो भने तागारो खोल्नु भएको थियो इश्वरी भट्ट दाइले/
धेरै दिन देखि म मेरो हर्मिले जन्माएका डाक्टर, इंजिनियर, प्राध्यापक , कूटनीतिज्ञ आदि अब्बल दर्जाका मनुष्य हरुको बिचार पढेर मनोरंजन लिरहेको थिएं तर आज तेतीले मात्रै मेरो मन मानेन/ प्यारो भतीजो बिकाश ढकालको नाममा ईमेल देखें, बिहान सबेरै/ खुशीको कुनै सीमा नै रहेन/ मैले पढेको नवलपुर स्कूलमा भाई बहिनी हरु कंप्यूटर सिक्दै गरेको दृश्यले मलाई हर्षित मात्रै होइन भाबबिव्हल बनाएको थियो /
भावना र कर्तव्य निकै फरक हुने रहेछ। कहिलेकाँही म यस्तै भावनामा यति कमजोर बन्न पुग्छु त्यो बेला अरु सारा व्यर्थ र गौण लाग्छन्। तर जिउनु पर्ने रहेछ यथार्थ र कर्तव्यको जगमा। कम्प्युटरमा बसेर किबोर्ड थिचिरहँदा यो क्षण विगत झल्कन्छ कम्प्युटरको स्त्रि्कनमा। तर अब न ती गुमेका दिनहरु फिर्ता आउँछन् मात्र भुल्न नसक्नुको अनुभूति। म समय,भोगाई र यथार्थको जञ्जीरमा गुजि्ररहेछु कुनै कुनामा। सिंगो आकाश पनि मलाई अपुरो लाग्छ यो बेला क्षितिजपारीको आकाशलाई निलेको पो छ कि जस्तो भ्रम मभित्र उत्पन्न भईरहेछ। म आफैंलाई समयले कैदी बनाएर कजाई रहेछ। सुनसान यी मानव वस्तीहरु आफैंलाई गिजाईरहेजस्तो।
पोहर साल दशैं मा हर्मि गा'को थिएं/ महेंद्र लीला उ. मा. बि. मा कंप्यूटर बिसयकै बारेमा छलफल भा'को एउटा कुनामा बसेर सुनेको पनि थिएँ/ असाध्यै दुख गरेर पनि आफ्ना बाल बच्चाहरुलाई गाऊंमा नै राम्रो शिक्षा दिने हाम्रा दाजू भाईहरु को त्यों सराहनीय कदमले मलाई गौरबबोध पनि गराएको थियो / उहाँहरुको त्यों भावना मात्रै थिएन कर्तव्य पनि थियो जून पूरा गर्नु भो जस्तो लाग्छ मलाई /
सबाल बिज्ञान प्रा.बि को पनि तेस्तै हो/ स्थानीय स्रोत र सधानले बिज्ञान प्रा.बिको मुहार सजिलै फेरिन सक्छ/ अहिलेको छलफलले खै किन हो भिन्न अनुभूति भएको छ मलाई/ यती धेरै अब्बल मनुष्य जन्माएको मेरो गाऊं अझै पनि झरी बाट बच्न गुहार मागी रहेछ/
छलफल बिद्वोता देखाउने वा उन्नत स्तरका शब्दहरु फिजाउने माद्यम मात्रै हुनु हुँदैन/ त्यो परिणाम मुखी हुनु पर्दछ/ म दस हजार दिन्छु तं कती दिन्छस भनेर पनि दीर्घा समस्याको कालीन समाधान हुँदैन/ भोका लाई एउटा माछा दिनु भन्दा माछा मार्ने उपाय सिकाउनु धेरै अर्थमा राम्रो कुरा हो/ त्यसैले त्यस तर्फ़ हामी चनाखो हुनै पर्दछ /
हर्मिका डाक्टर, इंजिनियर, प्राध्यापक , कूटनीतिज्ञ आदि अब्बल मनुष्यले अब एउटा करकट पाता दान गरेर जन्म भूमि प्रतिको जिम्मेबारी पूरा हुन्छ जस्तो लाग्दैन/ समय अब सामूहिक लगानी को हो / सेबा पनि हुने मुनाफा पनि हुने ! देश/ बिदेशमा लगानी गरिरहेका यी दिमागहरु सा-साना सामूहिक लगानी जस्तै : खारखोला जल बिद्धुत परियोजना सञ्चालन गर्न किन असरमर्थ भैरहेका छन?? कटहरे देखि आपपिपल सम्म केबल कार परियोजना सञ्चालन भयो र जुड्डी थुम्का hospital मा केही लगानी गर्ने बाताबरण बन्यो भने त्यो बिकासको नमूना मात्रै बन्दैन प्रतिफलको भर पर्दों माध्यम पनि बन्ने छ / हर्मि मा एउटा भर पर्दों बैंक खोलने हो भने आसपास का गाबिस मात्रै नभएर उत्तर- पूर्बी लम्जुंगका दाजू भाई दीदी बहीनीहरुको आर्थिक केंद्र बन्ने छ हर्मि /
थानिस्वारा भन्दा माथि ठुला- ठुला बखरा फार्म बनाएर सड़क यातायात सुबिधाको उपयोग गरी खसी, बोका जिल्ला बाट निर्यात गर्न सकिन्छ की सकिंदैन होला ?
कृषि को छेत्र मा त जताततै लगानीको अबसर छ/
मेरा कुरा कतिपय अब्बल मनुष्यले हबादारी भनेर हासोको बिषय पनि बनाउन सक्नु हुन्छ तर बिकास को रूप सजिलै देखन पो कहा पाइन्छ र ? हामीहरु २/४ लाख जम्मा गरे पछि घडेरी किन्न ह्तार गर्छों / तर त्यो २/४ लाख ४०/५० जना मिलेर एउटा उत्पादन मूलक परियोजना मा लगाउन सकियो भने कती फ़ायदा होला ??
यी सबै कम गर्न हामीलाई हर्मि बस्नै पर्ने पनि त होइन ! एउटा साझा लगानी बोर्ड गठन गरेर, कार्य क्षेत्र मा गाऊं कै पढ़े लेखेका दाजू भाई दीदी बहिनी हरु लाई रोजगारी पनि त दिन सकिन्छ !
तर म यो पनि जन्दछु की सबै आफ्नै संसारमा छन्। अघिपछि स्वदेश/विदेशमा सबै आफ्नै धुनमा व्यस्त हुन्छन्। तर जब चाडबाड आउँछ बिज्ञान प्रा.बि हरुको याद आऊंछन/ तर परिवर्तनको फोस्रो नारामा लहडिनेहरु चन्द्र र सूर्य अंकित झण्डा त फेर्नुपर्छ भनेर कुँडलिरहेको यो अबस्था मा हाम्रो दशैं / तिहार पनि फेरिए भने क्रमस बिज्ञान प्रा बि हरु पनि बिरसिइने खतरा उत्तिकै छ /

No comments:

Post a Comment