सधै सकारात्मक र अर्थपूर्ण खबरहरु मात्रै लेख्न पाउँ र फिजाउन पाउँ झै लाग्छ तर के गर्नु चाहेर मात्रै केहि नहुने रहेछ त । चाहनालाई बाध्यताले थिचो मिचोमा राखे पछि के गर्नु र खै । हो म त्यस्तै एउटा बाध्यताको कुरा गर्दै छु । प्रसङ्ग हो हाम्रा गाउँलाई शहर सम्म जोड्ने धुले र हिले सडकको । हाम्रा सडकलाई बजेटमा यति रकम उति रकम भनेर केहि महिना पहिले खबर लेख्दा जुन उत्साह थियो अहिले अह पटक्कै रहेन मनमा ।
दुई वर्षे योजना अन्र्तगत सरकारले पन्थडिहि कटहरे हर्मी सडक ग्राभेल गर्न रसुवा कन्सट्रक्सनलाई ठेक्का त दिएको हो तर यतिका महिना बितिसक्दा पनि सिन्को सम्म भाँच्ने काम भएको छैन । आखिर लाइन मिलाएर काम पाएका ठेकेदार न परे किन गर्थे समयमै र राम्रो काम । माथि देखि तल सम्म कुरो पहिल्यै मिलिसक्या छ त तपाई हाम्रो चाहनार आवश्यकतालाई सम्बोधन गर्ने कसले फेरी हामी नि उस्तै क्या हुन त आन्दोलन नगरि केहि हुदैन यो जमनामा हामी हात बाँधेर बसेर के हुन्छ र खै ? लाईन मिलाउने र मिल्नेको लागी मात्रै छुट्टिएको जस्तो भो ५ करोड ६१ लाख बजेट ।
यति तयो बजेट हाम्रा लागी भएको भए खै त भएको कामको शुरुवात । हुन त अहिले बर्खै छ फेरी दशै आउँछ । अनि जोडो लाग्छ फेरी गर्मि लाग्छ अनि असार आउँछ अनि केहि माम र हाममा खर्च अनि अरु चाँहि फि्रज ।
के हो ताल ? रसुवा कन्सट्रक्सनलाई लाइन मिलाउने तामाङ जी यमी म्याम र कडेल सर सबै सधै दङ्ग र हामी चै सधै भरङ्ग ?
Showing posts with label हर्मीको समाचार. Show all posts
Showing posts with label हर्मीको समाचार. Show all posts
Thursday, September 6, 2012
स्वर्ण महोत्सब छ अरे ?
तपाईलाई थाहा छ कि छैन ? साँचि एउटा कुरो ? हाम्रो महेन्द्र लीला उच्च मावि अहिले स्वर्ण वर्षमा हिडिराख्या छ नि । थोरैलाई थाहा भए पनि धेरैलाई थाहा नहुन सक्छ यो कुरो । थाहा होस् पनि कसरी कसले पो हल्ला खल्या गर्या छ र मली उमावि २०१९ सालमा स्थापना भएको हो । यसरी हिसाब गर्दा यसले ४९ वर्षे यात्रा पुरा गरि गत कार्तिक २६बाट ५० वर्षे यात्रा तय तरेको हो । बुझ्नु भो ?
हामीले देखे सुने अनुसार है फेरी कुनै पनि स्कुल ५० वर्ष लाग्दैमा स्वर्ण उत्सब मनाउन शुरु गर्नु पर्ने हो । र ५१ वर्ष लाग्दा स्वर्ण महोत्सबको समापन हुनु पर्ने हो । तर हामी कहाँ ५१ लाग्न लाग्दा स्वर्णको तयारी पो हुदै छरे त एउटा गर्व गर्न लायक स्वर्ण महोत्सबको साक्षि बन्ने सपना गर्वमै तुइएको छ तुवाईको छ जबरजस्ति । स्वर्ण वर्ष सकिन दुई महिना बाँकि रहदा बल्ल स्वर्ण महोत्सब मनाउने हल्ला त सुनिन थालेको छ तर पुरानो मानसिकता र सोचको सिकारले उब्जाएका मौलिक र बासि वास्ना आउने बिरालो बाँधेर श्राद्ध गर्ने मार्काका कार्यक्रमले खासै आकर्षण भन्दा सबैमा विकषण ल्याउने पक्का छ । आवश्यक परे बाँकि कुराको पाको पछि खोलमला । र अन्त्यमा के स्वर्ण महोत्सब कसैको मर्जिमा भर पर्ने कुरो हो ? मुडमा भर पर्ने कुरो र तुरुप हो र तुरुप मनलागे लगाउने नत्र नलगाउने ?

अब खार खोलालाकै बिजुलिले रेडियो बज्ने
सधै उर्जाको लागी अरुको मुख ताक्ता र भर पर्दा पदै रेडियोमा बारम्बार बाधा उत्पन्न हुन थाले पछि सामुदायिक रेडियो हर्मीले आफैले खार खोलामा लघु जलविद्युत निकाल्ने काम शुरु गरेको छ । जसका लागी सबै समान खरिद र निमार्णको काम सकिएको र अब फिटिङका कामहरु मात्र बाँकि रहेका छन् ।
आगामी अक्टोवर महिला भित्र काम सक्ने गरि अघि बढिएको रेडियोले जनाएको छ । स्थानिय खारखोलाको जामुने पुल नजिकै निकाल्न लागीएको विजुलीको पेटि्रक सेट ३ किलोवाट क्षमताको छ । रेडियोलाई विजुलि निकाल्न एचसिजेवि नेपाल सरकार र हर्मीको स्थानिय समुदायले सघाएका छन् । खारखोलामा बिजुलि निकाले पछि रेडियोको प्रशारण थप हुने र दिनै भर प्रशारण गर्ने तयारी गरेको बुझिएको छ ।

लौ फसाद :
कतै सामुदायिक काम गर्न बजेट नपाएर हैरान त कतै पाउँदा पनि काम गर्न नसकेर बजेर फि्रज भएर हैरान । हे दशा । ल हेर्नुस् त बिजोग र लाचारी पनि कति सम्म हाम्रो गाम ठामै ।
गत आर्थिक वर्षमा सरकारले मलीउमाविलाई तीनकोठे आरसिसि भवन बनाउन करिब एघार लाख रुपैयाँ दिने गरि रकम छुट्एको थियो । त्यो काम समयमै गराउन नसकेर एका तिर अन्तिम किस्ताको रकम सवा तीन लाख फि्रज भएको छ भने अर्को तर्फ बाँकी रहेको काम कसरी पुरा गराउने भन्ने चिन्ता ।
सरकारले दिएको रकम समयमै उचित रुपमा खर्च गराएर काम गराउन नसक्ने ब्यस्थापन समिति अब स्वर्ण महोत्सबका लागी भन्दै चन्दा उठाएर घाटा पुर्तिको दाउमा लागेको बुझिएको छ । अल्छिको वात कुनि केले.... जान्दै न भने जस्तो, आखिर स्कुलको न पर्यो घर कसलाई हुन्छ डटेर बनाउने कर ?

photo by jamaludhin miya/radio harmi
शिक्षा र कमर्श जता ततै मर्ज
पछिल्ला केहि वर्ष यता हाम्रा गाउँ घरमा उच्च मावि खोल्ने जुन होड चलेको छ त्यो होडमा आखिर चम्पावती मावि पनि हेलिएरै छाड्यो यो बर्खामा । अनि अनुमति लिई पनि छाड्यो एचएसइविबाट । तानतुन र रोइकराई गरेर उठाएको चन्दा र सापटि सहित आठलाख रुपैयाँ घरौटि पुर्याएर बनि छाड्यो निवारे पनि प्लस टु । गत वर्ष स्वर्ण महोत्सबको बेला जसरी यहाँ प्लस टु भन्दा पनि भोकेसलन टे्रनिङ सेन्टर स्थापना गर्ने हौवा पिटियो त्यो भन्दा भिन्दै पो भयो त अहिले आइपुग्दा माहौल । आखिर सजिलो बाटो न जो पनि हड्छि अफ्टेरोमा हिड्ने दुस्साहस कस्को
वरपरका उहि मार्काका प्लस टुको हविगत देखेर सिक्नु पर्ने हो चम्पावतीले पनि पाठ तर सिकेन त के गर्नु । शिक्षा र कमर्शको लहरले लहरीएका हर्मी र आसपासका अन्य प्लस टुहरुको लहरमा जो मिसिनु थियो उ पनि मिसियो वस यत्ति हो ।
अहिले प्लस टुको रुपमा चम्पावतीलाई चिनाउन खोजिदै छ त्यो भन्दा बढि हौवा दिएको बाटोमा हिडेको भए बेग्लै परिचान हुन सक्थ्यो र चिाउन पनि गर्व महसुस हुन्थ्यो भन्ने नै सबैको समान धारणा छ होला सायद गाम घरमा पनि । तरै पनि दुख जिलो गरेर खोलिएको प्लस टु र एक दर्जन केहि बढि विद्यार्थी भर्ना गराउन सफल ब्यस्थापनलाई सलाम ।
माथिको त थियो चम्पावतीको कुरा महेन्द्र लीला यस आसपासका अन्य प्लस टु भन्दा केहि पुरानो हो । तर विस्तारै विद्यार्थी संख्या घट्ने रोगले यसलाई पनि गाँज्न थालेको छ । सधै जसो कम्तिमा पनि ४ दर्जन विद्यार्थी पढाउने मलीउमाविले यसपाला दुई दर्जनमा चित्त बुझाउनु परेको छ । यसका हाँगाविगा कारण केहि अरु पनि होलान् तर मुख्य कारण घेरै नखोतलम् अहिलेलाई । छिमेकी गाविसका जनता उमावि र मण्डलीको पनि हाल उस्तै उस्तै नै छ ।

Saturday, January 7, 2012
प्रधानमन्त्रिले गर्नुभयो दरौदि पुलको उद्घाटन, पश्चिमि गोरखाका गाउँ गाउँमा खुसिको वर्षा
गोरखा, प्रधानमन्त्रि डा बावुराम भट्टराईले शुक्रबार दिउँसो छेपेटारमा दरौदि नदि माथि बनेको गोरखा सदरमुकाम र पश्चिमि गोरखालाई जोड्ने मोटरेवल पुलको उद्घाटन गर्नु भएको छ । पुलको उद्घाटन सँगै सवारि साधन आवत जावतका लागी शुक्रबारबाटै खुला गरिएको छ । २०६५ जेठबाट शुरु भएको पुल निमार्ण कार्य गत हप्ता पुरा भएको हो ।
८७ मिटर लामो उक्त पुलको उट्घाटन गर्ने क्रममा प्रधानमन्त्रिले पहिले रिवन काटेर आफ्नो मुस्ताङ म्याक्स गाडिमा ओहोर दोहोर गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा खुलियालि साटासाट गर्न गाउँ गाउँबाट सयौ सर्वसाधारण छेपेटार पुगेका थिए । पुल निमार्ण कार्य करिब ५ करोड रुपैयाँमा सम्पन्न भएको निमार्ण कार्यमा संलग्न प्राविधिकहरुले बताएका छन् । यो पुलको निमार्ण कार्य पुरा भएर संचालनमा आउन थाले पछि गोरखा जिल्लाको २ न क्षेत्रका बासिन्दा खासगरि दरौदि पारि र उत्तरी गोरखा वारपाक लाप्राक गुम्दाका लगायतका केहि गाविसका बासिन्दाहरुमा खुसि छाएको समाचार प्राप्त भएको छ । सधै भरि दरौदि नदि तारेर यातायात सेवा दिदै आएका यातायात व्यवसायिहरु खर्च र समय दुबैको बचत हुने भए पछि झनै दङग छन् ।यस अघि पल अभावका कारण हिउँदका महिनामा मात्र यातायात संचालन हुदै आएका पश्चिमि गोरखाका ग्राभेल सडक पहुँच भएका गाउँहरुमा अब भने बाह्रै महिना यातायातका साधनहरु पुग्न सक्ने भएका छन् ।

file photo
http://ourharmi.blogspot.com/2011/11/blog-post_783.html
http://ourharmi.blogspot.com/2011/06/blog-post_6214.html
http://ourharmi.blogspot.com/2011/02/blog-post_6871.html

Sunday, December 4, 2011
गोरखाका विभिन्न ग्रामिण सडक निमार्णका लागी ३५ करोड थप
गोरखा, भौतिक योजना तथा निमार्ण मन्त्रालयले कार्तिक २९ गते सचिब स्तरिय निर्णय गरि यस अघि रातो किताबमा परेका गोरखाका विभिन्न ग्रामिण सडकहरु कालोपत्रे तथा स्तरोन्नति गर्न ३४ करोड ७१ लाख ५१ ह्जार रुपैयाँ थप गर्ने निर्णय गरेको छ । यो रकम केहि सडकमा कालोपत्रे केहिमा ग्राभेल तथा केहिमा नाली खन्ने तथा ट्याक खोल्ने कामको लागी थप गरिएको मन्त्रालयको निर्णयमा उल्लेख छ ।
गोरखाका सभासद्हरुका साथै प्रधानमन्त्रि डा बावुराम भटराईको आग्रहमा मन्त्रालयले सडकका लागी कार्यक्रम थप गरेको बुझिएको छ । सभासद् तथा प्रधानमन्त्रिले सात वटा छुट्टाछुट्टै सडकका लागी थप बजेट माग गरे पनि ती मध्य पहिलो चरणमा पाँच वटा सडकमा मात्र रकम थप भएको हो । स्वीकृत हुन बाँकी दुई चोरकाटे-चित्रेपोखरी-भच्चेक र बुङकोट-नाम्जुङ-फुजेल सडकलाई पनि छिट्टै रकम थप्ने योजना रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
कुन सडकका लागी कति कति रकम छुट्याइयो त हेनुस् तलको विस्तृत विवरण
१ ।मध्यपहाडि लोकमार्ग अन्र्तगत छेपेटार-लुईटेल-पालुङटार-लमजुङ हुलाकी मार्ग १५ किलोमिटर कालोपत्रे गर्न १८ करोड ३१ लाख ६५ हजार रुपैयाँ
२।तुरतुरे ठाँटिपोखरी सडक कालोपत्रे तथा ठाँटिपोखरी-छापथोक-आँपपिपल-हर्मी सडक ५ किलोमिटर ग्राभेल गर्न ९ करोड ४३ लाख ३८ हजार रुपैयाँ
यी दुबै बहुवर्षे योजनाको ठेक्का गर्न मन्त्रालयले सडक विभागलाई सहमति दिइसकेको छ
३। पन्थडिहि(समिचौतारा)-कटहरे-हर्मी सडकको ११ किलोमिटर ग्राभेल गर्न ५ करोड ६१ लाख ३२ हजार रुपैयाँ
४।स्याउली बजार-बक्राङ-मनकामना सडकको १३ किलोमिटर ग्राभेल गर्न ३ करोड ५ लाख ४८ हजार रुपैयाँ
५।बारपाक-गुम्दा-माछेखोला ३० किलोमिटर सडक खन्न १ करोड रुपैया थप
Labels:
जिल्ला समाचार,
हर्मीको समाचार,
हर्मीको सेरोफेरो
Thursday, November 24, 2011
यी यस्तो छ हेर्नुस् हाम्रो घर जाने बाटो : अनि कसरी चलोस् गाडी
यो फोटो मैले कार्तिक २९ गते विहान खिचेको हुँ अनि स्थान थाहि आँपपिपल गासिसको चार सय फाँट बुढो खोला नजिक हो सडक मर्मतको नाममा जनताको आँखामा छारो हाले पछि यस्तो दुर दसा हेर्न पाइएको हो हामीले । यहाँ केहि दिन अघि नै फसेर हर्मी जान नसेको पछि धरै बसहरु यहिबाट फर्किएका थिए । यी र यस्तै बाटोहरुले गर्दा हाल हर्मीमा यातायात सेवा नियमित छैन अझ भनौ छदै छैन । अनि यो विहान घिमिरे गाउँका दुई भाइ पोवनाथ र हरि यो बाटोमा जमेको पानी तर्काउन र बाटो सुकाउन लागी परेका देखिए विचरा ती दुइको पहल मात्रले के नै पो ठूलो काम सम्भव थियो र आखिर तर खट्नु खटे ती यो चिसो विहानीमा । यातायात ब्यवसायीले दुई पटक मर्मत गरिसकेका हुन् रे यो बाटो अब तपाई नै हेनुस्र् यो डबल मर्मतले गर्दा सररर मोटर गाडी कुद्ने बाटो । यसमा पहल कसको हुनु गर्ने हो हामी कहाँ कहाँ चुकेका छौ आखिर अब हामी सधै यसरी नै यो हेपाई र हेलचक्रयाई टुलुटुलु हेरि बस्ने कि केहि गर्ने पनि हो .....

बत्ति छैन हर्मीमा
कार्तिक पहिलो साता हर्मीको वडा ८, ९ र ६ का सबै घर धुरिमा विजुलि वितरण गरिने हर्मी भन्ज्याङमा रहेको ट्रान्सफरमर पड्किए पछि यी वडाहरुमा विद्युत वितण असहज बनेको छ यसले गर्दा कुटानि पिसानी मिलहरु पूर्ण रुपमा बन्द छन् भने सामुदायिक रेडियो हर्मीको प्रशारणमा समेत बाधा पुगेको छ ,यस्तो हुँदा पनि विद्युत प्राधिकरण गोरखा कार्यलयले आवश्यक कदम चालेको छैन , पड्किए पछिको ट्रान्सफरमर र भुइमा झरेको तेल
गाउँ गाउँमा प्रविधिको लहर :
बज्रपातमा किसानहरु :
Wednesday, November 23, 2011
मलिउच्च माविको ४९ औ वार्षिक उत्सब सम्पन्न
हर्मी , महेन्द्र लीला उच्च माविले गत कार्तिक २३, २५ र २६ गते विविध कार्यक्रमहरु आयोजना गरि आफ्नो ४९ औ वार्षिक उत्सब भब्यताका साथ मनाएको छ ।
विद्यालय प्राङगणमा २४ र २५ गते अन्तर सदनात्मक खेलकुद श्रोत केन्द्र स्तरिय हाजिरिवजाफ क्षेत्रिय स्तरको उच्च माधयमिक तहको वक्तित्वकला प्रतियोगिता आयोजना गरिको थियो भने २६ गते अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम । स्मरण रहोस् विद्यालयले आगामी वर्ष आफ्नो स्वर्ण महोत्सब मनाउँदै छ तर स्वर्ण महोत्सब सँग सम्बन्धित रहेर भने खासै उल्लेखनिय चर्चा र कार्यक्रमहरु आयोजान भएनन् । बरु यहि स्नातक तहको क्याम्पसको आवस्यकता र सम्भावनाका बारेमा भने केहि चर्चा चलेको थियो ।

हर्मीमा रेडक्रसको उपशाखा
हर्मी
नेपाल रेडक्रस सोसाइटि गोरखा जिल्ला शाखा अन्र्तगत हर्मीमा उपशाखा कार्यलय स्थापना भएको छ ।
गत कार्तिक २५ गते जिल्ला शाखाका पदाधिकारीहरुको उपस्थितिमा आयोजित हर्मीका आजिवन सदस्यहरुको भेलाले नौ सदस्यिय तदर्थ समिति गठन गरेको छ । नव गठित तदर्थ समितिको संयोजकमा वेदशर्मा पोखरेल , सचिबमा राम प्रसाद अधिकारी , कोषध्यक्षमा वावुराम सापकोटा र सदस्यहरुमा विष्णुमाया गुरुङ, रेवतिरमण ढकाल, दामोदर मरहट्ठा , रामनाथ ढकाल , नारयण दत्त पाण्डे , र इश्वरी प्रसाद ढकाल रहेका छन् । यो ददर्थ समितिले ६ महिना भित्र निर्वाचन गराई ६ महिना भित्र निवार्चन गराई कार्य समिति गठन गर्नु पर्ने रेडक्रसको विधानमा उल्लेख छ । रेडक्रस गोरखा जिल्ला शाखा अन्र्तगत हर्मी १३ औ उपशाखा हो ।
उपशाखा गठन गर्न हर्मी उपस्वास्थ्य चौकि परिसरमा आयोजित कार्यक्रम

Monday, September 12, 2011
गाउँ परिषद्
सरकारले भदौ मसान्त भित्रै सबै गाविसको परिसद् गरिसक्न परिपत्र जारि गरेकाले गाउँ परिषद्को रन्कोले यतिबेला गाउँहरुलाई तताएको छ । आँपपिपल गाविसको गाउँ परिषद् भाद्र २६मा भयो भने हर्मीको भाद्र ३० गते हुदै छ । परिषद् र त्यस सँग सम्बन्धित सबै विवरण हामीलाई प्राप्त हुना साथ हामी पोष्ट गर्ने छौ ।
करेलि थुम्काबाट देखिएको सामुदायिक रेडियो हर्मी
नवलपुरमा विद्यार्थी ह्रवात्तै बढे
महेन्द्र लीला उच्च मावि हर्मीमा यो शैक्षिक सत्रमा विद्यार्थी सख्या हवात्तै बढेको छ । यो वर्ष भर्ना भर्खर प्रारम्भ हुदैमा ५८ जना विद्यार्थी भर्ना भैसकेका छन् ।
उच्च मावि स्थापनाकै वर्ष ५० हाराहारीमा विद्यार्थी भर्ना भएका थिए बिचका वर्षम्ाा ४० देखि ५० सम्म मात्र विद्यार्थी पढाएका थियौ तर यस वर्ष भने ६० देखि ६५ जना सम्म हुने लक्षण देखिएको विद्यालयका प्राचार्य कृण ब न्यौपानेले आवर हर्मी सँगको कुराकानीमा अगाडी भने विद्यार्थीको लर्कोले हामीलाई थप नयाँ काम गर्न हौस्र्याएको छ ।
वरपरका विद्यालयमा भन्दा नवलपुरमा धेरै विषय भएकाले छानेर पढ्न पाइने अनि शैक्षिक वातावरण पनि राम्रो भएकाले विद्यार्थी सख्या बढेको ब्यवस्थापन समितिका पदाधिकारीहरु बताउँछन् । मलीउमाविमा हाल बाणिज्यशास्त्र र शिक्षा शास्त्र अन्र्तगत विज्ञान आम संचार तथा पत्रकारिता अङग्रेजी गणित लगायतका विषयको पढाई हुने् गरेको छ । यसै शैक्षिक सत्रबाट विद्यालयमा रहेको विज्ञान प्रयोगशालालाई थप सुविधा सम्पन्न बनाई उपकरणहरु पनि थप गरिएको विद्यालयले जनाएको छ ।

महेन्द्र लीलामा पत्रकारिता पढाई शुरु
महेन्द्र लीला उच्च मावि हर्मीमा यसै शैक्षिक सत्रबाट २ मा आम संचार तथा पत्रकारिता विषयको पढाई शुरु भएको छ ।
सामुदायिक रेडियो हर्मी सँगको सहकार्यमा संचालन गरिएको आम संचार तथा पत्रकारिता विषयमा हाल १५ विद्यार्थीहरु अध्ययनरत छन् । हरेक वर्ष नयाँ नयाँ विषयको पढाई शुरु गर्दै जाने लक्ष्य लिएको मलीउमाविले पोहोरबाट एजुकेसन साइन्स र यस वर्षबाट पत्रकारिताको पढाई शुरु गरेको हो । पत्रकारिता विषयको गोरखा जिल्लामा पढाई संचालन गर्ने मलीउमावि दोस्रो उमावि हो यसअघि नै गत वर्षबाट द्रब्य शाह बहुमुखि क्याम्पस लक्ष्मी बजारले पत्रकारिताको पढाइ शुरु गरिसकेको छ ।
रेडियो हर्मी सँगको सहकार्यमा पत्रकारिता विषयको पढाई शुरु गरिएकाले विद्यार्थीले प्रयोगात्मक र सैद्धान्तिक कुरा सँग सँगै सिक्न सक्ने विद्यालयका प्राचार्य कृष्ण बहादुर न्यौपानेले जानकारी दिनुभयो ।

Wednesday, June 1, 2011
हर्मीका सबै गाउँ सडक संजालमा जोडिए
अन्तत हर्मीका सबै गाउँहरु सडक संजालमा जोडिएका छन् । विगतका वर्षहरुमा झै यस वर्ष पनि सडक निमार्ण गर्ने कामले तीब्रता पाए पछि हर्मीका सबै गाउँलाई सडक संजालले जोड्ने हर्मेलीको सपना जेठ पहिलो साता पुरा भएको हो । गत बैसाख अन्तिम र जेठ पहिलो साता हर्मीका सडक संजालले नछोएका सबै गाउँमा सडक पुगेको हो ।
यसै आर्थिक बर्षमा हर्मी ७ को मकुन्डाडा देखि आहाले सम्म सडक खनिएको छ । स्थानिय बासिन्दा सँग उठाइएको चन्दा र गाविसको १ लाख सहयोगमा सडक खनिएको स्थानिय बासिन्दाले जानकारी दिएका छन् । आँपपिपलबाट मकुन्डाडा सम्म पुगेको सडकलाई आहाले सम्म पुर्याइ गाविस लिङक सडकमा जोडिए पछि यो क्षेत्रका सबै गाउँ सडक संजालमा जोडिएका हुन् । यो सडक खनिए पछि हर्मीका १ ,७ र २ न वडामा लगाइएको ब्यवसायिक सुन्तला ढुवानि थप सहज हुने निश्चित छ । यसका साथै यहाँका बासिन्दालाई आँपपिपल अस्पताल सम्म एम्बुलेन्समा विरामि लैजान पनि बाटो खुलेको छ ।
गत महिना नै हर्मीको वडा न ९मा रहेको भण्डारी गाउँ सम्म पनि सडक पुगेको छ । खारखोला सम्मै सडक पुर्याउने लक्ष्य भए पनि यस पटक छुट्याइएको बजेटले भण्डारी गाउँ मात्र छिचोलेको छ । यसका लागी गाविसले ५० हजार रुपैयाँ छुट्याएको थियो । यो सडक बने पछि हर्मी ८ र ९ का बासिन्दाले संरक्षण गरेको रिप पात्ले सामुदायिक वन का पैदावारहरु गाउँ भित्राउन सहज हुनुका साथै भण्डारी गाउँका बासिन्दा पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
त्यसै गरि हर्मी ६मा रहेको बेसि गाउँ सम्म पनि यसै वर्ष सडक पुगेको छ । घिमिरॆ गाउँको अल्छि चौतारो देखि बेसि गाउँ सम्म सडक खन्न गाविसले ५० हजार रुपैयाँ छुट्याएको थियो ।
हर्मी ८ मा रहेको कालढुङ्गे समूह घर देखि बस्नेत चौतारो सम्म पनि सडक खनेर हर्मी भन्ज्याङ ज्यामिरे बयापानी सडक र हर्मी भन्ज्याङ चर्कतिर्थ सडकलाई जोडिएको छ ।यो सडक स्थानिय बासिन्दाकै सकि्रयतामा स्थानिय सँग चन्दा उठाएर खनिएको जानकारी आवर हर्मीले प्राप्त गरेको छ ।
हर्मी भन्ज्याङ चक्रतिर्थ सडक खनियो
हर्मी ,बैसाख
हर्मी भन्ज्याङ देखि किपट पाण्डेगाउँ हुँदै लमजुङको चक्रतिर्थ जोड्ने सडक खन्ने काम पुरा भएको छ ।
बजेट सकिए पछि पोहोर साल निभारे खोला नजिक पुगेर रोकिएको काम यसपटक भने पुरा भएको हो । हर्मी भन्ज्याङ्गबाट धादिङगाउँ खनाल गाउँ केउरेपानी हुदै अगाडि बढेको बाटो निभारे गाउँ माथिबाट किपटमा पुगॆर पुरानो सडकमा जोडिएको छ ।
किपटबाट पाण्डे गाउँ हुदै चेपे किनार सम्म भने पुरानै सडक कामय गरि यो सडकको ट्रायाक खोल्ने काम भएको उपभोक्त। समितिले जनाएको छ । यो खडक बनि सके पछि चेपे खोलाबाट हर्मीका प्राय सबै गाउँमा निमार्ण सामाग्री ल्याउन थप सहज हुनेछ । त्यसै गरि लमजुङ सँग पनि हर्मीको सिधा सडक सम्बन्ध कायम भएको छ । यो सडक खन्न सरकारले केन्द्रिय बजेट अन्र्तगत नै १२ लाख रुपैया छुट्याएको थियो । यो मध्ये केहि रकमको भने हर्मी भन्ज्याङ्ग नजिकैके एउटा खोलामा कल्भट बनाउने काम भइरहेको छ ।
Subscribe to:
Posts (Atom)